मंगलवार चार विधेयक छलफलका लागि संसदमा

काठमाडौं । मंगलबार चार बिधेयक संसदमामा छलफलका लागि अर्थमन्त्री डा. युवराज खतिवडाले पेश गर्ने भएका छन् । गत भदौमा दर्ता गरिएको विधेयकमा कुनै विरोध नआएपछि छलफलका लागि पेश गर्न लागिएको हो ।
धितोपत्र सम्बन्धि ऐन २०६३ लाई संशोधन गर्न बनेको विधेयक, नेपाल राष्ट्र बैंक ऐन २०५८ लाई संशोधन गर्न बनेको विधेयक, बैंक तथा वित्तीय संस्था सम्बन्धि ऐन २०७३ लाख संशोधन गर्न बनेको विधेयक र सार्बजनिक ऋण ब्यवस्थापन सम्बन्धि कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक पेश गरेका हुन् ।
संसदमा पेश भएको विधेयक छलफल तथा संशोधनका लागि सम्बन्धित समितिमा जाने र बिधेयकलाई पूर्ण सदनले पारित गर्ने छ । प्रतिनिधि सभासँगै राष्ट्रिय सभाले पनि विधेयक पारित गरेपछि प्रमाणीकरणका लागि राष्ट्रपतिकोमा पुग्ने छ। त्यहाँबाट प्रमाणीकरण भएपछि कार्यान्वयन हुने छ ।