गभर्नरको नियुक्तीसंगै लगानी बोर्डमा दौड सुरु, मिनबहादुरलाई गभर्नरमा सिफारिस गरेर बोर्डमा नियुक्ती दिने आश्वासन « Arthapath.com
२७ चैत्र २०७६, बिहीबार

गभर्नरको नियुक्तीसंगै लगानी बोर्डमा दौड सुरु, मिनबहादुरलाई गभर्नरमा सिफारिस गरेर बोर्डमा नियुक्ती दिने आश्वासन



काठमाडौं । सरकारले गत सोमबार गभर्नरको नियुक्ती गरेसँग खाली रहेको अर्को महत्वपुर्ण संस्था लगानी बोर्डको सिईओमा दौड सुरु भएको छ ।

लगानी बोर्डको सिईओ रहेका महाप्रसाद अधिकारीलाई सरकारले गभर्नर बनाएपछि खाली रहेको लगानी बोर्डको सिईओ हत्याउन केही वित्तिय क्षेत्रका हस्तीहरु लागी परेका छन । सरकारले झण्डै ४ वर्ष अघि अधिकारीलाई लगानी बोर्डको सिईओमा नियुक्ती गरेको थियो । अधिकारीको कार्यकाल केही महिना बाँकी हुँदै सरकारले गभर्नरमा नियुक्त गरेपछि लगानी बोर्ड खाली भएको छ ।

योजना आयोगको पुर्व उपाध्यक्ष रहेका डा. मिनबहादुर श्रेष्ठलाई पछिल्लो समय गभर्नरमा सिफारिस गरेर लगानी बोर्डको सिईओ दिने आश्वासन अर्थमन्त्रीले दिएको सुत्रको दावी छ । सरकारले गभर्नरमा ३ जनाको नाम पठाउँदा अन्तिम आवरमा अधिकारी, राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणी शिवाकोटी र मिनबहादुर श्रेष्ठको नामा राखिएको थियो । अन्तीममा अर्थमन्त्री खतिवडाले लगानी बोर्डमा सिईओ बनाउनेगरी अधिकारीलाई गभर्नर बनाउन प्रधानमनत्रीलाई कन्भिन्स गराएका थिए ।

मौद्रिक अर्थसास्त्रका ज्ञाता श्रेष्ठ प्रचण्ड प्रधानमन्त्री हुँदा योजना आयोगको उपाध्यक्ष बनेका थिए । राष्ट्र बैंकमा हुँदा रिसर्चमा अधिकासं समय विताएका श्रेष्ठ गभर्नरको स्वभावीक दावेदार थिए । प्रचण्ड निकट रहेका र सरकारी नियुक्तीमा व्यालेन्स मिलाउने हिसावले श्रेष्ठलाई लगानी बोर्ड लैजाने तयारी भएको हो ।

तर श्रेष्ठसँगै लगानी बोर्डको सिईओ बन्न राष्ट्रिय पुर्ननिर्माण प्राधिकरणका सिईओ शुशिल ज्ञावाली पनि मरिमेटेर लागेका छन् । ज्ञावालीको कार्याकाल केही महिनामात्रै बाँकी रहेकाले लगानी बोर्डमा आँखा लगाएका हुन । प्रधानमन्त्री निकट ज्ञावाली ठुलो पोर्टफोलियो भएको लगानी बोर्डमा जान तम्सिएका छन ।

त्यस्तै कर्मचारी सञ्चय कोषको प्रशासक भैसकेका कृष्णप्रसाद आचार्यले पनि लगानी बोर्डको सिईओमा इच्छा देखाएका छन । अर्थमन्त्री निकट उनि अर्थमन्त्रीले बनाउने हरेक कमिटिमा आचार्यलाई राख्ने गरेका छन । नेकपा नेता तथा पाल्पाका सांसद सोमप्रसाद पाण्डेका ज्वाइँरहेका आचार्य गभर्नरको चर्चामासमेत थिए । अहिले आइक्यानको प्रेसिडेन्ट रहेका आचार्य सामाजीक शुरक्षा कोषको अवधारणा बनाउने विज्ञसमेत हुन । सिए रहेका आचार्य लगानी बोर्डमा जाने प्रवल संभावन छ ।


प्रतिक्रिया दिनुहोस्