सरकारी वकिल कार्यालयद्धारा पनि सांसद डा. यादवलाई अपहरणको जाहेरी लिन अस्वीकार « Arthapath.com
१६ बैशाख २०७७, मंगलवार

सरकारी वकिल कार्यालयद्धारा पनि सांसद डा. यादवलाई अपहरणको जाहेरी लिन अस्वीकार



काठमाडौँ । सांसद डा. सुरेन्द्र यादवलाई अपहरण गरेको भन्दै दिइएको जाहेरी महानगरीय प्रहरी परिसर टेकुले दर्ता गर्न इन्कार गरेपछि समाजवादी पार्टीका नेताहरु उजुरी गर्न जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौँ पुगेका छन्।

समाजवादीका सांसद डा. यादवलाई पार्टी विभाजनका लागि प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशनमा नेकपाका सांसदहरु महेश बस्नेत, किसान श्रेष्ठ र पूर्वमहानिरिक्षक सर्वेन्द्र खनालले जनकपुरबाट काठमाडौँसम्म ल्याएका थिए।

प्रहरी कार्यालयले जाहेरी लिन नमानको खण्डमा उक्त बेहोरासहित जिल्ला सरकारी वकिलको कार्यालयमा उजुरी गर्न सकिने मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ को दफा ५ अनुसार समाजवादीका नेताहरु बबरमहलस्थित सरकारी वकिल कार्यालय पुगेका हुन्। सरकारी वकिल कार्यालयले उजुरी दर्ता गरी जाहेरी सम्बन्धी प्रहरी कार्यालयमा छानबिनका लागि पठाउनुपर्ने कानुनी व्यवस्था छ।

तरजिल्ला सरकारी वकिल कार्यालयले पनि समाजवादीका सांसद डा. सुरेन्द्र यादवलाई अपहरण गरेको भन्दै जाहेरी लिन अस्वीकार गरेको छ। जनता समाजावदीका नेताहरु राजेन्द्र महतो, उपेन्द्र यादव, केशव झालगायका नेताहरु पुगेका छन्।


प्रतिक्रिया दिनुहोस्