नेता नेपाललाई भेट्न कोटेश्वर पुगे प्रचण्ड « Arthapath.com
१९ बैशाख २०७७, शुक्रबार

नेता नेपाललाई भेट्न कोटेश्वर पुगे प्रचण्ड



काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपालबीच भेटवार्ता भएको छ । सचिवालय बैठक बस्नु अघि दुवै नेताहरुले भेट गरेका हुन् । २० गते नेकपा सचिवालय बैठक बस्ने भएको हो । नेता नेपाललाई भेट्न प्रचण्ड उनकै निवास कोटेश्वरमा पुगेका हुन् ।

भेटमा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले राखेको प्रस्तावबारे छलफल हुने बताइएको छ । बुधबार साँझ बसेको सचिवालय बैठकमा नेताहरुले राजीनामा मागेपछि ओलीले कोरोनाको संकट समाधान भएपछि उपाध्यक्ष बामदेव गौतमलाई प्रधानमन्त्री र वरिष्ठ नेता माधवकुमार नेपाललाई पार्टीमा तेस्रो अध्यक्ष बनाउने प्रस्ताव राखेका थिए ।


प्रतिक्रिया दिनुहोस्