राष्ट्रपतिबाट वैशाख २६ गते संसदको संयुक्त अधिवेशन आव्हान « Arthapath.com
२१ बैशाख २०७७, आईतवार

राष्ट्रपतिबाट वैशाख २६ गते संसदको संयुक्त अधिवेशन आव्हान



काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले वैशाख २६ गते शुक्रबार दिउँसो ४ बजेका लागि दुवै सदनको संयुक्त अधिवेशन आह्वान गर्नु भएको छ ।
राष्ट्रपतिले संविधानको धारा ९३ को उपधारा (१) बमोजिम अन्तराष्ट्रिय सम्मेलन केन्द्र नयाँ बानेश्वरमा संघीय संसदका दुबै सदनको अधिवेशन आव्हान गर्नु भएको राष्ट्रपति कार्यालयले जनाएको छ ।

आज बसेको मन्त्रिपरिषद्को बैठकले सो अधिवेशनका लागि सिफारिस गरेको थियो ।


प्रतिक्रिया दिनुहोस्