सुशासन र समृद्धिमा बजेट केन्द्रित: अर्थमन्त्री « Arthapath.com
२८ बैशाख २०७७, आईतवार

सुशासन र समृद्धिमा बजेट केन्द्रित: अर्थमन्त्री



काठमाडौं । अर्थमन्त्री युवराज खतिवडाले आगामी वर्षको बजेटले कोरोनाका कारण असर परेको अर्थव्यवस्था उकास्न र उत्पादनका क्षेत्रमा जनतालाई सहभागी गराउन प्राथमिकता दिने बताएका छन् । प्रतिनिधि सभामा बोल्दै खतिवडाले कोरोनाका कारण स्वास्थ्य पूर्वाधारमा थप लगानी गर्नुपर्ने देखिएकाले त्यसतर्फ ध्यान दिइने बताए । बजेटले सरकारले यसअघि लिएको नीति सुशासन र समृद्धिका लागि थप लगानी गर्ने अर्थमन्त्री खतिवडाले बताए ।

विकास, सुशासन र समृद्धि हासिल गर्नुका साथै कोरोना भाइरसका कारण आएको चुनौतीसँग लड्न बजेट व्यवस्था गर्ने उनले बताए। अर्थतन्त्रमा देखापरेका शिथिलतालाई अघि बढाइने उनको भनाइ छ।

शिघ्र रुपमा अर्थतन्त्रलाई चलाएमान बनाई स्थिरतातर्फ लैजाने व्यवस्था गरिने उनले बताए। विदेशबाट फर्केकालाई कृषिलगायत अन्य क्षेत्रमा रोजगार गराउने कार्यमा सरकारले ध्यान दिने उनले बताए।

कोरोना भाइरसका कारण देशले गम्भीर आर्थिक क्षति बेहोरेको छ । श्रम बजार, पर्यटन र आपूर्तिमा गहिरो असर परेको छ,’ उनले भने, ‘आगामी सरकारको बजेटले सुशासन र समृद्धिको बाटोमा कोरोना भाइरसले असर पारेको क्षेत्रमा खर्च गर्ने छ । लोक कल्याणकारी राज्यको अवधारणमा द्रुत विकासमा ध्यान दिइने छ ।’

विश्वमै ठूलो क्षति भएको र स्वास्थ्य संकटका कारण विश्व अर्थतन्त्रमा नै क्षति पुगेकोले नेपाल पनि यसको मारमा रहेको भन्दै उनले सरकारले यसलाई ध्यानमा राखेर काम गर्ने बताए। नेपाल सरकारले पूर्व सावधानी अपनाउँदै केही उपाय अपनाएका कारण कोरोना संक्रमणमा कमी भएको र मानवीय क्षति नभएकाले आगमी दिनमा पनि सरकारले जनताको हितमा ध्यान दिएर आर्थिक नीति ल्याउने उनले बताए।


प्रतिक्रिया दिनुहोस्