उपत्यका प्रवेस गर्न स्थानिय तहको अनुमति अनिवार्य, बाहिरिन केही सहज

काठमाडौं । के तपाई काठमाडौं उपत्यका प्रवेश गर्दै हुनुहुन्छ । तपाँईको साथमा सवारी पास छ ? सवारी पास के कसरी लिने ? अव सरकारले उपत्याका नाका प्रवेशमा झनै कडाइ गरेको छ ।
अव काठमाडौं प्रवेस गर्नको लागी काठमाडौं उपत्यका भित्रका स्थानिय तहसंग अनुमती नलिई काठमाडौं प्रवेश गर्न नपाइने भएको छ । उपत्यकाको अस्थाई बसोवास गर्ने संबन्धीत स्थानिय तहसँग अनुमति लिनुपर्ने भएको छ ।
उपत्यका प्रवेशका लागि काठमाडौंको संबन्धीत नगरपालिका वा महानगरपालिकासंग अनुमति लिई जानलागेको ठाउँको स्थानिय प्रशासन कार्यालयबाट सवारी पास लिएरमात्रै प्रवेस पाइनेछ । उपत्यका बाहिर रहेकाले अव विभिन्न रोजगारी वा कामविषेसले आउनुपरेमा अनिवार्य पासको व्यवस्था गरेको गृह मन्त्रालयले जनाएको छ ।
उपत्यिकाबाट बहिरिनु परेमा अत्यआवश्यक कामको कागजात पेश गरेमा सजिलै अनुमती पाइने व्यवस्था गरेको छ ।