राष्ट्रियसभाबाट पारीत भयो नेपालको नयाँ नक्सा « Arthapath.com
४ असार २०७७, बिहीबार

राष्ट्रियसभाबाट पारीत भयो नेपालको नयाँ नक्सा



काठमाडौं । नेपाल सरकारले लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्र समेटिएको नेपालको नक्सा राष्ट्रियसभाबाट पारीत गरेको छ ।

बिहीबार भएको राष्ट्रियसभाबाटको बैठकबाट नेपालको गुमेको भुभाग लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्र समेटीएको नेपालको नक्सा सर्वसम्मतिले पारीत भएको हो ।

लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्र समेटिएको नेपालको निशान छापमा रहेको नक्सा परिवर्तनका लागि सरकारले ल्याएको संशोधन विधेयक यसअघि नै प्रतिनिधिसभाबाट सर्वसम्मतिले पारित भैसकेको छ ।

अव राष्ट्रपतिले प्रमाणिकरण गरेपछि नेपालको संविधानमा लिम्पियाधुरासहितको क्षेत्र समेटिएको नयाँ निशान छाप भएको नेपालको नक्सा समेटिनेछ ।

सरकारले गत जेठ ७ गते लिम्पियाधुरा, लिपुलेक र कालापानीसहितको क्षेत्र समेटेर नेपालको नयाँ राजनीतिक तथा प्रशासनिक नक्सा जारी गरेको हो ।


प्रतिक्रिया दिनुहोस्