मंगलबार शेयर बजार परिसूचक नेप्से झण्डै ३८ अङ्कले वृद्धि
काठमाण्डौ –मंगलबार ३७ दशमलव ९३ अङ्कले बढेर १३ सय ३६ दशमलव ६६ बिन्दुमा पुगेको छ ।
आज सबै समूहको शेयर बढकोे लागेको छ । १७८ कम्पनीको २८ लाख ८३ हजार ९४८ कित्ता सेयर १ अर्ब २१ करोड २४ लाख २६ हजार २६७ रुपैयाँको सेयर कारोबार भएको छ ।
नोभल कोरोना भाइरस कोभिड १९ न्युनीकरणको लागी गरीएको लकडाउनको कारण होटल बन्द रहे पनि शेयर भने एक सय २७ अङ्कले बढेको छ ।
आज एक सय ७८ कम्पनीका एक अर्ब २१ करोड २४ लाख रुपैयाँ बराबरका २८ लाख ८४ हजार कित्ता शेयर किनबेच भए ।
समग्र शेयर बजार बढेको दिन आज रिलायन्स फाइनान्स, घलेम्दी हाइड्रो, ग्लोबल आईएमई लघुवित्त संस्था र खानीखोला हाइड्रोका लगानीकर्ताले तीन प्रतिशतभन्दा धेरै गुमाएका छन् ।