काठमाडौंमा कोरोना संक्रमित बढेपछि राती उपत्यका प्रवेशमा रोक
काठमाडौं । गृह मन्त्रालयले काठमाडौं उपत्यकामा कोरोना संक्रमण बढेको भन्दै विषेस सर्तकर्ता अपनाउन आग्रह गरेको छ ।
सरकारले साउन ७ गतेदेखी लकडाउन खुला गरी सार्वजनिक यातायात चल्न थालेपछि उपत्यकामा कोरोना संक्रमितको संख्या बढ्न थालेको हो । साथै उपत्यका प्रवेश नाकाहरुका कडाई गर्न सरकारले विभिन्न विभिन्न सुरक्षा सर्तकर्ता अपनाउनुका साथै पासमा पनि कडाइ गरेको छ ।
आज गृह मन्त्रालयले एक सूचना जारी गर्दै साँझ ७ वजेदेखी विहान ७ वजेसम्म उपत्यका प्रवेश गर्न निषेध गरेको छ ।