नेकपा सचिवालय बैठक सोमबार बस्ने « Arthapath.com
३२ श्रावण २०७७, आईतवार

नेकपा सचिवालय बैठक सोमबार बस्ने



काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले सोमबार सचिवालय बैठक आह्वान गरेको छ ।

अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले पार्टीको विवादमा समाधान खोज्न कार्यदल गठन गरेपछि वरिष्ठ नेता झलनाथ खनाल, माधवकुमार नेपाल र नारायणकाजी श्रेष्ठले विधि पद्धतिको मुद्दा उठाएका थिए ।

सोमबार विहान साढे ९ बजे सचिवालय बैठक बोलाइएको हो । बैठकले कार्यदललाई औपचारिकता दिने सम्भावना छ । पार्टीभित्रको समस्या समाधान हुँदै गएको संकेत गरेको छ ।


प्रतिक्रिया दिनुहोस्