जिससको अधिकार कटौतीका विषयमा महासंघ बागमती प्रदेशको गम्भीर आप्पती « Arthapath.com
११ मंसिर २०७७, बिहीबार

जिससको अधिकार कटौतीका विषयमा महासंघ बागमती प्रदेशको गम्भीर आप्पती



बिश्व अधिकारी
हेटौंडा । जिल्ला समन्वय समिति (जिसस) महासंघ बागमती प्रदेश समितिले नेपालद्धारा प्राकृतिक स्रोत (ढुंगा,गीट्टी,बालुवा) उत्दखनन्का सन्र्दभमा जारी मापदण्ड र परिपत्रका विषयमा गम्भीर असहमति जनाएको छ । महासंघको बुधबार काठमान्डौंमा बसेको पूर्ण बैठकले गृह मन्त्रालयले जिससमा रहेको ढुंगा,गीट्टी,बालुवा जिल्ला अनुगमन समितिलाई बेवास्ता गर्दै घुमाउरो तरीकाले प्रमुख जिल्ला अधिकारीलाई प्राकृतिक स्रोतको जिम्मेवारी दिईएको प्रति असहति जनाएको हो ।

जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख एवम् जिसस महासंघ बागमती प्रदेशका अध्यक्ष रघुनाथ खुलालको अध्यक्षतामा बसेको बैठकले समन्वय समितिका प्रमुखको नेतृत्वमा रहेको अनुगमन समितिलाई वेवास्ता गरेको प्रति असहमति जनाउँदै मापदण्डको सुधारका लागि गृहमन्त्रालय तथा सामान्य प्रशासन मन्त्रालयमा ध्यानकर्षण गराउने निर्णय गरेको छ । साथै बैठकले जारी मापदण्डलगायत जिल्ला समन्वय समितिलाई संविधान र अन्य कानुन बमोजिम प्राप्त अन्य अधिकार कटौंतीका विषयमा प्रदेशका १३ जिल्लामा स्थानीय तहसहित पत्रकार सम्मेलन मार्फत सार्वजनकि गर्ने साथै सो विषयमा राजैतिक उच्च तहमा जानकारी गराउने निर्णय गरेको जिसस महासंघ प्रदेश अध्यक्ष खुलालले जानकारी दिनुभयो ।

त्यस्तै आजको बैठकले जिल्ला समन्वय समितिमा दरबनदी अनुसारको कर्मचारी अभाव रहेको र सो विषयमा मनत्रालयले कुनै सुनुवाई नगर्ने प्रबृति देखिएकाले दरबन्दी अनुसारको प्राविधिक कर्मचारु ितुरुन्त पठाउन वा कार्यालयलाई प्राविधिक कर्मचारी करारमा नियुक्त गर्न दनुमति दिनुपर्ने निर्णय गरेको छ । यस्तै बैठकले साविवको जिल्ला विकास समितिमा कार्यरत कर्मचारीको अवकास पछी प्राप्त पाउनु पर्ने उपदानलगायत सेवा सुविधालगायतका काममा भएको ढिला सुस्तीप्रति ध्यानकर्ष जनाएको उहाँले बताउनुभयो । यस्तै बैठकले जिसस महासंघ बागमती प्रदेश कमितीले १३ वटै जिल्लाको परिचय झल्कने गरि बागमती नामक पुस्तक प्रकासन गर्ने समेत निर्णय गरेको उहाँले जानकारी दिनुभयो ।

बैठकमा महासंघका उपाध्यक्ष एवम् जिसस ललितपुरका प्रमुख अमर बहादुर खड्का, महासंघका केन्द्रिय प्रवक्ता एवम् जिसस भक्तपुरका प्रमुख नवराज गेलाल, केन्द्रिय सदस्य एवम् जिसस काठमान्डौंका प्रमुख शिवशुन्दर राजबैद्य, केन्द्रिय सदस्य एवम् जिसस दोलखाका प्रमुख डबल पाण्डे, महासचिव एवम् जिसस चितवनका प्रमुख कृष्णकुमार डल्लाकोटी, जिसस धादिङका प्रमुख जग्गनाथ नेपाल, रामेछाप प्रमुख प्रेमबहादुर खड्का, काभ्रेपलाञ्चोक प्रमुख उद्धव केसी, सिन्धुपाल्चोक प्रमुखगोपाल तामाङ, रसुवा प्रमुख कृष्ण प्रसाद भट्ट, महासंघका सदस्यहरु जिसस दोलखाका उपप्रमुख मनमाया जिरेल, जिसस रामेछापका उपप्रमुख दिपा पाख्रिन, जिसस धादिङका सदस्य कृष्ण प्रसाद अर्याल, जिसस काठमान्डौका सदस्य तेजीला थापा, जिसस सिन्धुपाल्चोकका उपप्रमुख बालकुमारी सापकोटालगायतको सहभागिता थियो ।


प्रतिक्रिया दिनुहोस्