कृषि कानुन विरुद्ध भारतीय किसान आन्दोलित, आज भारत बन्द « Arthapath.com
२३ मंसिर २०७७, मंगलवार

कृषि कानुन विरुद्ध भारतीय किसान आन्दोलित, आज भारत बन्द



काठमाडौं । भारतका किसानहरुले आफ्नो माग राख्दै भार बन्द गराएका छन । किसानहरुले आफुहरुमाथी लगाइएको कानुन व्यवहारीक नभएको भन्दै बिरोधमा भारत बन्द गरेका हुन ।

भारतको कृषि उत्पादनका हिसावले महत्वपुर्ण मानिएको पञ्जाव हरियाणाका किसानहरुले दिल्ली बन्द गराएका हुन । केन्द्र सरकारले किसान विरोधीलाई मात्र फाइदा पुग्ने कानुन जारी गरेको र वास्तविक किसान मर्कामा परेको भन्दै दिल्ली लगायतका क्षेत्र बन्द गरिएको छ ।

सरकारले जारी गरेको कृषि कानुनले किसान मर्कामा परेको भन्दै आन्दोलन सुरु भएको थियो । लामो धर्ना पछि किसानहरु कानूनको विरोधमा भारत बन्द गरेका हुन । किसानको बन्दमा भारताका विभिन्न २४ राजनितीक दलहरु समेत सहभागी भई एक्यवद्धता जनाएका छन ।


प्रतिक्रिया दिनुहोस्