अर्थमन्त्री पौडेल र नेपालका लागि फिनल्याण्डका राजदूतबीच भेट « Arthapath.com
२६ मंसिर २०७७, शुक्रबार

अर्थमन्त्री पौडेल र नेपालका लागि फिनल्याण्डका राजदूतबीच भेट



काठमाडौं । अर्थमन्त्री विष्णुप्रसाद पौडेल र नेपालका लागि फिनल्याण्डका राजदूत Mr. Pertti Anttinen बीच आज अर्थ मन्त्रालयमा शिष्टाचार भेटघाट भएको छ ।

भेटमा अर्थमन्त्रीले नेपाल र फिनल्याण्डबीच सदैव सुखद र असल सम्बन्ध भएको उल्लेख गर्दै नेपालको विकासमा फिनल्याण्ड सरकारले गर्दै आएको सहयोगको लागि धन्यवाद दिए ।
अर्थमन्त्री र राजदूतबीच द्विपक्षीय सम्बन्ध, विकास सहायता परिचालन, पर्यटन प्रवर्द्धन, लगानी अभिबृद्धि तथा कोरोना महामारीको नियन्त्रण लगायत विषयमा छलफल भएको छ ।

उक्त भेटमा महामहिम राजदूतले सन् २०२१ देखि २०२४ सम्म फिनल्याण्डले नेपालको लागि गर्ने विकास सहायता रणनीतिबारे जानकारी गएका । राजदूतले नेपालसंग सहकार्य गर्दै सहायता अभिबृद्धि गर्दै जाने समेत बताएका छन् ।


प्रतिक्रिया दिनुहोस्