प्रचण्ड–माधवपक्षद्वारा प्रदेश १ र बागमतीमा लफडा सुरु, प्रदेश १ मा कांग्रेसको साथ, बागमतीमा अविश्वास फेल हुने « Arthapath.com
१२ पुष २०७७, आईतवार

प्रचण्ड–माधवपक्षद्वारा प्रदेश १ र बागमतीमा लफडा सुरु, प्रदेश १ मा कांग्रेसको साथ, बागमतीमा अविश्वास फेल हुने



काठमाडौं । केन्द्रमा दुई चिरा परेको नेकपाको विवाद प्रदेश सरकारमासमेत पुगेको छ । केन्द्रमा नेकपा अहिले प्रथम केपी शर्मा ओलीले नेतृत्व गरेको एउटा नेकपा छ भने प्रचण्ड माधव नेपालले नेतृत्व गरेको अर्को नेकपा रहेको छ ।

केन्द्रको विवाद अहिले प्रदेससम्म सुरु भएको छ । गत विहिबार बागमती प्रदेशका मुख्यमन्त्री डोरमणी पौडेल विरुद्ध अविश्वास प्रश्ताव पेश भइसकेको छ भने आइतबार प्रदेश १ का मुख्यमन्त्री शेरधन राई विरुद्ध पनि अविश्वासको प्रश्ताव पेश भएको छ ।

यी दुबै प्रदेशमा प्रधानमन्त्री ओली पक्षका मुख्यमन्त्रीहरु रहेका छन । उता ओली पक्षकै मुख्यमन्त्री रहेका गण्डकी र लुीम्बनी प्रदेशमा भने सरकार गिराउने खेल सुरु भएको छैन । गण्डकी प्रदेशमा ओली बाहेक अन्य सबै पक्ष मिल्दापनि सरकार नगिर्ने अवस्था छ भने लम्बिनी र बागमती प्रदेशमा काङ्ग्रेसको साथ लिनुपर्ने अवस्था रहेको छ ।

यद्येपी यी दुई प्रदेशमा ओली पक्षले कांग्रेसका साथ लिनेछ । प्रदेश १ मा नेपाली काङ्ग्रेसले ओली पक्षलाई समर्थन गर्ने जनाइसकेको छ । बागमती प्रदेशमा माधव नेपाल पक्षीय नेत्री अष्टलक्ष्मी शाक्यलाई मुख्यमन्त्रीको प्रश्ताव गरेको छ । त्यसको लागी अवश्वासको प्रश्तावकर्ताले ५६ जना सांसद जुटाउनुपर्ने हुन्छ । त्यो पास नहुने बागमती प्रदेशका भौतीक पुर्वाधार मन्त्री रामेश्वर फुयाँलले बताए ।

बागमती प्रदेशमा ११० सांसद रहेका छन जसमा नेकपाका ८० सांसद रहेकोमा ओली पक्षका ३५ जना सांसद रहेका छन । प्रचण्ड माधव पक्षका ४५ सांसद रहेका छन । मुद्यख्यमन्त्री डोरमणी पौडेल विरुद्ध ५६ सांसद पुर्याउनुपर्ने हुन्छ । त्यो संख्या नपुग्ने ओलीपक्षले जनाएको छ । कांग्रेसका २२ जना सांसद छन ।

त्यस्तै प्रदेश १ का मुख्यमन्त्री शेरधन राई विरुद्ध पनि अविश्वासको प्रश्ताव दर्ता भएको छ । जहाँ मुख्यमन्त्री हटाउन ४७ मत आवश्यक पर्छ । प्रदेश १ मा ९३ सांसद रहेका छन । नेकपाका ६७ सांसद मध्ये मुख्यमन्त्री राईका पक्षमा जम्मा २२ जना सांसद छन । प्रदेश १ मा कांग्रेसका २१ सांसद हुँदा मुख्यमन्त्रीले सरकार टिकाउन अन्य ४ सांसद आफ्नो पक्षमा ल्याउनुपर्ने हुन्छ । प्रदेश १ मा अन्य पार्टीको ५ सांसद रहेका छन ।


प्रतिक्रिया दिनुहोस्