नाडा र वाडा एक जुट भएर अघि बढनु पर्छ: सौरभ ज्योती « Arthapath.com
१९ पुष २०७७, आईतवार

नाडा र वाडा एक जुट भएर अघि बढनु पर्छ: सौरभ ज्योती



काठमाडौं । पौष १८ गते नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपाल (नाडा) र पश्चिमाञ्चल अटोमोवाइल डिलर्स एशोसिएशन ( वाडा ) विच अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

सो कार्यक्रममा नाडाका अध्यक्ष कृष्णप्रसाद दुलालले नाडाले गरेको हरेक गतिविधीहरु प्रदेश स्तरीय एशोसिएशनहरुलाई जानकारी हुनु पर्ने र त्यसैगरी प्रदेश स्तरीय एशोसिएशनहरुको गतिविधिहरु पनि नाडालाई जानकारी हुनु पर्ने भन्नु हुदै नाडाले सवै प्रदेश स्तरीय एशोसिएशनहरुमा पनि प्रशिक्षण कार्यक्रमहरु सम्पन्न गर्दे लैजाने लक्ष्य लिएको बताए ।

अहिलेको विधानमा सबै प्रदेहरुलाई समावेश गरी थप सशक्त बनाउने प्रयाश रहेको उनको भनाइ छ । सडक विस्तारमा सुधार भईरहे पनि त्यो पर्याप्त नभएको र ट्राफिक प्रहरीसंग पनि विभिन्न क्षेत्रमा सहकार्य गर्दै आएको उनले बताए ।

त्यसैगरी सो कार्यक्रमका प्रमुख अतिथी तथा नाडाका पूर्व अध्यक्ष सौरभ ज्योतीले नाडा र वाडा एक जुट भएर अघि बढनु पर्ने धारणा राख्दै सरकारले राजधानीमा प्रदुषण बढेको कारण देखाउदै सवारी साधनहरुको आयातमा नै नियन्त्रण गर्न खोजेको बताए । वाडाले आफनो प्रदेश सरकारसंग समन्वय गरेर अघि बढ्नु पर्ने उनको भनाइ छ । उनले भने, “बढ्दो प्रदुषणले पर्यटकहरु कसरी पोखरामा आउछन त भन्ने प्रश्न राख्दै हामीले प्रदुषण नियन्त्रणमा पर्याप्त ध्यान दिनु पर्ने धारणा राख्नुपर्छ, अटोमोवाइल वस्तुहरुको तथ्याङ्क राख्नु अत्यन्तै जरुरी छ, यसो भएमा हामीले तथ्यगत रुपमा आफना मागहरु सरकार समक्ष राख्न सक्ने हुदाँ हाम्रा मागहरु पुरा हुन सक्ने सम्भावना बढेर जान्छ ।” नेपालमा अटोमोवाइल जर्नालिजम अघि बढ्न नसकेकाले अघि बढाउन सक्दो प्रयास गर्ने उनले बताए ।

महासचिव सुनिल रिजालले अटोमोवाइल स्पेयर पार्टसहरु आयात गर्दा भन्सार नाकाहरुमा समस्याहरु हुने गरेकोले समाधानका पहल गर्न माग गरे ।

नाडाले २०७७ साल पौष १७ गते पोखरामा नै नाडाको केन्द्रीय कार्य समितिको ७ औं बैठक समेत सम्पन्न गरेको थियो । उक्त बैठकले २०७७ फागुन २१ गते नाडाको ४४ औं वार्षिक साधारण सभा होटेल याक एण्ड यतिमा सम्पन्न गर्ने निर्णय समेत गरेको छ । सो बैठकले महासचिव सुनिल रिजालको संयोजकत्वमा सचिव अनुप बराल, कोषाध्यक्ष सुरेन्द्रकुमार उप्रेती, सहकोषाध्यक्ष विक्रम सिंहानिया समेत सदस्य रहनेगरी चार सदसिय ४४ औं वार्षिक साधारण सभा तयारी समिति समेत गठन गरेको जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्