चन्दा माग भएको भन्ने समाचार तथ्यमा आधारित नरहेको परिसंघको भनाई « Arthapath.com
२० पुष २०७७, सोमबार

चन्दा माग भएको भन्ने समाचार तथ्यमा आधारित नरहेको परिसंघको भनाई



काठमाडौं । केही पत्रिका तथा त्यसलाई उद्दत गरेको भन्दै एक अनलाइनमा समेत यस नेपाल उद्योग परिसंघका राजनीतिक घटनासँग जोडेर चन्दा माग भएको भन्ने कपोलकल्पित तथा भ्रामक समाचार प्रकाशित भएकोमा यस परिसंघको गम्भीर ध्यानाकर्षण भएको छ । हाल चुनावी प्रयोजनका लागि कतैबाट कसैले चन्दा माग नगरेकोले योसँग जोडेका समाचार पूर्णतः काल्पनिक र तथ्यपूर्ण नरहेको परिसंघले स्पष्ट पारेको छ ।

सदैव नीतिगत स्थिरता र लगानीको वातावरणका लागि पैरवी गर्दै आएको परिसंघले जनाएको छ । त्यसैले प्रेस जस्तो सम्मानित क्षेत्रका कतिपय पत्रिका तथा अनलाइनमा आउने यस्ता काल्पनिक खबरले निजी क्षेत्र, राजनीतिक दलहरु तथा सरकार बीचको आपसी सम्बन्धमा अविश्वास खडा गर्न नसक्ने पनि परिसंघको विश्वास रहेको छ । नेपालको निजी क्षेत्रले राज्यको चौथो अंगको रुपमा प्रेसलाई सम्मान गर्दै आएकोले सत्य तथा तथ्यमा आधारित समाचार सम्प्रेषणमा ध्यान पु¥याउने पनि परिसंघले विश्वास लिएको छ ।


प्रतिक्रिया दिनुहोस्