९ लाख ६७ हजार चुक्ता पुँजीमा स्थापना आयल निगम ५१ वर्षमा प्रवेश, फल्स चुहावट पत्ता लगाउने यादव पुरस्कृत « Arthapath.com
२६ पुष २०७७, आईतवार

९ लाख ६७ हजार चुक्ता पुँजीमा स्थापना आयल निगम ५१ वर्षमा प्रवेश, फल्स चुहावट पत्ता लगाउने यादव पुरस्कृत



काठमाडौं । नेपाल आयल निगम स्थापनाको ५० वर्ष पुरा गरी ५१ औँ वर्षमा प्रवेश गरेको छ । निगमले वार्षिकोत्सवका अवसरमा फल्स चुहावट पत्ता लगाउन सफल भए वापत थानको डिपोका प्रमुख प्रदीप कुमार यादवलाई ५१ हजार नगद सहित पुरस्कृत गरेको छ ।

त्यस्तै, अन्य ५ जना कर्मचारीलाई जनही २५ हजारका दरले नगद पुरस्कार दिईएको छ । त्यस्तै, ५ जना कर्मचारीलाई दुईग्रेड थप गरिएको छ । यस्तै, अन्य केन्द्रीय कार्यलय र प्रादेशिक कार्यलयहरुमा कार्यरत कर्मचारीहरु पनि पुरस्कृत भएको निगमले जनाएको छ ।

नेपाल आयल निगम एक झलक

देशभर पेट्रोलियम पदार्थको कारोवार गर्ने उद्देश्यले नेपाल आयल निगमको‚ थापना वि. सं. २०२७ साल पुस २६ गते कम्पनी ऐन, २०२१ अन्तर्गत प्राइभेट कम्पनीका रूपमा भएको हो । निगम वि.सं. २०३३ साउन ६ गते पब्लिक कम्पनीका रूपमा परिवर्तन भएको हो । नेपाल सरकार तथा नेपाल सरकारको लगानी रहेका सङ्गठित चारवटा संस्था राष्ट्रिय बीमा संस्थान, नेपाल बैङ्क, राष्ट्रिय वाणिज्य बैङ्क तथा तत्कालीन नेसनल ट्रेडिङ समेतको लगानी भई निगम नेपाल सरकारको पूर्ण‚ वामित्वमा सञ्चालनमा रहेको छ । स्थापना कालमा ९ लाख ६७ हजार चुक्ता पुँजीका साथ स्थापना भएको निगमको हाल अधिकृत जारी पुँजी ३० अर्ब रहे पनि चुक्ता पुँजी ११ अर्ब रहेकोे छ ।

यद्यपि स्थापना पश्चात् निगमले विभिन्न आर्थिक वर्षहरूमा कमाएको नाफाबाट अधिकतम रूपमा लाभांश दिएर यो पुँजी ११ अर्ब पुगेको हो । निगमले स्वर्ण जयन्ती वर्ष पार गर्दै ५१औँ वर्षमा प्रवेश गरेको छ । निगम कतिपय चुनौती र समस्याको सामना गर्दै आफ्ना उपभोक्तालाई गुणस्तरीय पेट्रोलियम पदार्थ सहज रूपमा उपलब्ध गराउने काममा निरन्तर सफलता पाउँदै आएको छ । अहिले निगम संस्थागत सुधारार्थ नवीनतम अवधारणा सहित अगाडि बढिरहेको छ ।

गुणस्तरीय पेट्रोलियम पदार्थको आपूर्ति र वितरण, पाइपलाइन मार्फत इन्धन आपूर्ति, आधुनिक सञ्चार प्रविधिको प्रयोग र विस्तार, कुशल जनशक्ति व्यवस्थापन र भविष्यका लागि उपयुक्त कार्यनीति सहित अगाडि बढिरहेको छ । स्वचालित मूल्य निर्धारण प्रणालीका कारण निगमले विगतका दिनहरूमा भोगेको आर्थिक समस्याबाट पार पाएको छ । वित्तीय अवस्था समेत सबल हुँदै गएको छ भने नेपाल सरकार तथा संस्थापक शेयर धनीहरूलाई आकर्षक लाभांश र सरकारलाई कर समेत बुझाउँदै आएको छ ।

आर्थिक वर्ष २०७६/२०७७ मा कुल १ खर्ब ४५ अर्ब ९८ करोडको पेट्रोलियम पदार्थको आयात गरेको निगमले सोही आर्थिक वर्षमा कुल ६६ अर्ब ८८ करोड रुपियाँ कर राजस्व बापत नेपाल सरकारलाई बुझाएको छ भने आर्थिक वर्ष २०७६/२०७७ को लेखा परीक्षण समेत सम्पन्न भई यही पुस २८ गते साधारण सभा गर्ने निर्णय भएको र प्रकाशित हुने वित्तीय विवरणबाट निगमको आर्थिक सबलता झल्कने छ । निगमले जस्तोसुकै विषम परिस्थतिमा पनि सहजताका साथ देश तथा आम उपभोक्ताहरूको स्वाभिमान एवं हितलाई नै सर्वोपरी ठान्दै आफ्नो सेवालाई अक्षुण्ण रूपमा निरन्तरता दिइरहेको यथार्थ सबैसामु छर्लङ्ग छ । यो सबै नियामक निकाय उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका साथै निगम सञ्चालक समिति र निगममा कार्यरत सम‚त कर्मचारीको निरन्तर सक्रियताका कारण सम्भव भएको हो ।

पेट्रोलियम पदार्थको आपूर्ति, भण्डारण र वितरण गर्ने उद्देश्य लिएर सरकारी स्वामित्वमा रहेको एक मात्र सं‚थान नेपाल आयल निगमले वर्तमान भएका उपलब्धिमा मात्र सीमित नरही नवीनतम कार्ययोजना सहित अगाडि बढ्न सक्रिय छ । सबभन्दा आवश्यक ठानिएको भण्डारण क्षमता वृद्धिलाई उच्च प्राथमिकतामा राखी आवश्यक कार्यको थालनी गरिएको छ । निगमले पेट्रोलियम पदार्थको बिक्री वितरण प्रणालीको स्तरोन्नति गर्दै गएको छ ।


प्रतिक्रिया दिनुहोस्