लगानी प्रवद्र्धनमुखी बजेट आएको छ, हाम्रा माग धेरै संबोधन भयो: एफएनसिसिआई अध्यक्ष गोल्छा « Arthapath.com
१५ जेष्ठ २०७८, शनिबार

लगानी प्रवद्र्धनमुखी बजेट आएको छ, हाम्रा माग धेरै संबोधन भयो: एफएनसिसिआई अध्यक्ष गोल्छा



काठमाडौं । निजी क्षेत्रको छाता संगठन नेपाल उद्योग बाणिज्य महासंघले सरकारले ल्याएको बजेटलाई स्वागत गरेको छ । सरकारले आज सार्वजनिक गरेको आर्थिक वर्ष २०७८÷०७९ को बजेटले व्यावसायीका धेरै माग पुरा भएको महासंघले जनाएको छ ।

महासंघका अध्यक्ष शेखर गोल्छाले व्यावसायीहरुले उठाएका अधिकांस माग पुरा भएको बताएका छन । अर्थपथसंग कुरा गर्दै अध्यक्ष गोल्छाले लगानी प्रवद्र्धन गर्नेगरी बजेट आएको बताए । सरकारले डिजेलमा लगाउँदै आएको भ्याट फिर्ता गरेकोमा व्यावसायीले स्वागत गरेको बताएका छन ।
सरकारले साना तथा मझौला व्यवसायको लागी फण्ड खडा गरेको पनि महासंघले स्वागत गरेको बताएका छन । अध्यक्ष गोल्छाका अनुसार व्यवसायीले उठाएका कारको दर घटाउने कुरा पनि केही हद संबोधन भएको, संस्थागत कर कम भएको बताएका छन ।

उनले सरकारले विद्युत उत्पादनलाई बढवादिने निती ल्याएको बताएका छन । बजेटका धेरै कुरा अध्यायन गर्न बाँकी रहेको उनले बताए । बजेटले कोरोनाले थलिएको अर्थतन्त्र उकास्न सहुलियतका कार्यक्रम ल्याएको त्यसले रोजगारी सृजना गर्ने गोल्छाले बताए । लोकोप्रिय बजेट आएपनि कार्यन्वयन चुनौतीपुण रहेको बताएका छन ।


प्रतिक्रिया दिनुहोस्