अर्थमन्त्रीमा विनोद चौधरीदेखि चुनाव हारेकसम्मको लविङ « Arthapath.com
२९ असार २०७८, मंगलवार

अर्थमन्त्रीमा विनोद चौधरीदेखि चुनाव हारेकसम्मको लविङ



काठमाडौं । नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाको नेतृत्वमा बन्ने सरकारका लागी मन्त्री बन्न नेताहरू शक्तिकेन्द्रको दौडधुप गरिरहेका छन् । यतिबेला गठबन्धनको सरकार बन्ने भएपनि नेपाली कांग्रेस, नेकपा माओवादी र जनता समाज पार्टीले कसलाई मन्त्री बनाउने भन्ने बारे छलफलमा जुटेका हुन् । 

कोरोना महामारीले थलिएको अर्थतन्त्रलाई उकास्न नयाँ बन्ने अर्थमन्त्रीको भूमिका मुख्य देखिन्छ । अर्थमन्त्री बन्नका लागी उद्योगपति विनोद चौधरीदेखि गत चुनावमा पराजित भएका ब्यक्तिले दावी गरिरहेका स्रोतले बताएको छ । स्रोतका अनुसार अर्थमन्त्रीमा देउवाका विश्वासपात्र मानिएका बालकृष्ण खाँणको नाम चर्चामा छ । तर अर्थमन्त्रीका लागी उद्योगपति विनोद चौधरी, डा. रामशरण महत, डा. मिनेन्द्र रिजाल, ज्ञानेन्द्र कार्की र डा. प्रकाशशरण महतले पनि लविङ गरिरहेका छन् ।

डा. रामशरण महत रामचन्द्र पौडेल पक्षका भएकाले महत्वपूर्ण मानिएको अर्थ मन्त्रालय पाउने सम्भावना कम छ । तर महतले सोमबार नै देउवालाई भेटेर कोरोना महामारीले थलिएको अर्थब्यवस्था उकास्नका लागी आफूलाई ६ महिना भएपनि अर्थमन्त्री बनाउन भनेको स्रोतले बताएको छ । 

सांसद नभएपनि ६ महिनासम्म मन्त्री हुन पाउनेछन् । त्यसैले सांसद नभएकाले पनि दावी गरिरहेको स्रोतले दावी गरेको छ । देउवा नेतृत्वको सरकार १७ महिनासम्म सञ्चालन हुनेछ भने विश्वासको मत नपाएमा मध्यावधि चुनाव घोषणा गर्नुपर्ने छ । 


प्रतिक्रिया दिनुहोस्