सर्वोच्चको फैसला आएको भोलिपल्टै ब्युँतियो युथफोर्स   « Arthapath.com
२९ असार २०७८, मंगलवार

सर्वोच्चको फैसला आएको भोलिपल्टै ब्युँतियो युथफोर्स  



काठमाडौं । सर्वाेच्च अदालतको फैशलाको भोलिपल्टै युथफोर्स पुनः ब्युतिएको छ । विगतमा माओवादी ज्यादति विरुद्ध जन्मिएको युथफोर्स हिजो सर्वाेच्च अदालतको फैशालगरेसँगै पुनः युथ फोर्स ब्युँतिएको हो ।

शान्ति प्रक्रियालगत्तै माओवादी वाईसीएलको ज्यादतीविरुद्ध एमालेले २०६५ सालमा युवा संघले तत्कालीन कोषाध्यक्ष महेश बस्नेतको नेतृत्वमा युथफोर्स गठन गरेका थिए । नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपालले युथ फोर्स ब्युँताएको हो ।

पुनःस्थापित युथफोर्सको प्रमुखमा युवा संघका वरिष्ठ उपाध्यक्ष क्षितिज थेवे र उपप्रमुख पुष्प श्रेष्ठ चयन भएका छन् । युथफोर्स ५०१ सदस्यीय रहने युवा संघका सचिव जय गुरुङले जानकारी दिए ।


प्रतिक्रिया दिनुहोस्