देउवा सरकारको नेतृत्वमा बालकृष्ण खाँड गृहमन्त्री बन्ने « Arthapath.com
२९ असार २०७८, मंगलवार

देउवा सरकारको नेतृत्वमा बालकृष्ण खाँड गृहमन्त्री बन्ने



काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा नेतृत्व सरकारमा बालकृष्ण खाँडलाई गृहमन्त्री बनाइने भएको छ । माओवादी केन्द्रले अर्थ मन्त्रालयको जिम्मेवारी पाएपछि गृहमन्त्रालय कांग्रेस आफैले राखेको हो ।

कांग्रेसले गृहमन्त्रीमा बालकृष्ण खाँडलाई जिम्मेवारी दिने तयारी गरेको स्रोतले बताएको छ । खाँडले आज नै सपथ लिने तयारी रहेको स्रोतले बतायो ।

कांग्रेसको मुख्य सचेतक रहेका खाँड यसअघि रक्षा र सिँचाइमन्त्री भइसकेका छन् भने देउवाका नजिकका पात्रका रुपमा पनि लिने गरिन्छ ।


प्रतिक्रिया दिनुहोस्