सेयर मार्केटमा जस्तो राजनीतिमा नाफा-घाटा हुँदैनः रामकुमारी झाँक्री
काठमाडौं । नेकपा (एकिकृत समाजवादी) पार्टी नेतृ रामकुमारी झाँक्रीले राजनीतिमा नाफा र घाटा नहुने बताएकी छिन् । राजीनितमा जोखिमको आंकलन गर्न सकिने भएपनि राजनीतिक मुद्धामा लागेपछि जोखिम, नाफा, घाटा, भन्ने नुहेन उनले बताईन् ।
उनका अनुसार एजेण्डाले जित्यो भने राम्रै हुने तर कहिलेकाँही आफूले उठाएका एजेण्डाहरु सफल नभएमा जोखि हुन्छ । उनले भनिन्, ‘राजनीतिमा नाफा घाटा विषयमा आँकलन खासै हुँदैन्, सेयर मार्केट, लगानीका विषयमा जस्तो । कुन मुद्धामा घाटा कुन मुद्धामा नाफा भन्ने कुरा आफ्नो नियन्त्रण भन्दा बाहिरको विषय हो । असल सत्कर्मले देश र जनताको हितमा काम गर्दा नीजि रुपमा पनि बेफाइदा पनि हुन्छ ।’
गत बिहीबार पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल नयाँ दल दर्ता गर्न निर्वाचन आयोग पुगेका बेलामा नेतृ रामकुमारी झाँक्रीले हात समातेर लगेको भिडियो र फोटो भाइरल भएपछि उनको चर्चा जताततै चलेको छ । उनले एक मिडियालाई अन्तर्वार्ता दिनेक्रममा यस्तो बताएकी हुन् ।