एमसीसीले विकासमा भाइटल रोल खेल्नसक्छ, स्वागत गर्नुपर्छः शेखर गोल्छा « Arthapath.com
८ मंसिर २०७८, बुधबार

एमसीसीले विकासमा भाइटल रोल खेल्नसक्छ, स्वागत गर्नुपर्छः शेखर गोल्छा



काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले एमसीसी देशका लागि आवश्यक रहेको बताएका छन् । बुधबार नेपाल आर्थिक पत्रकार संघ (नाफिज) ले राजधानीमा आयोजना गरेको कार्यक्रममा बोल्दै अध्यक्ष गोल्छाले एमसीसी देशका लागि आवश्यक भएको बताएका हुन् । उनले भने, ‘एमसीसी देशका लागि आवश्यक छ । यसले विकासमा भाइटल रोल खेल्नसक्छ । त्यसैले यसलाई रोक्न हुन्न स्वागत गर्नुपर्छ भन्ने मलाई लाग्छ ।’

ब्याजदर ४–५ प्रतिशत भन्दा माथि भयो भने बैंकहरुमा पैसाको अभाव हुने गरेको उनले बताए । “जब ब्याजदर ४–५ प्रतिशत माथि पुग्छ तब बैंकहरुमा पैसा सुक्छ । तरलता समस्याको कुरा गर्नुपर्दा विदेशी लगानीलाई ल्याउन सकिएको छैन । नीतिगत समस्याका कारण रोकिएको अवस्था छ”, अध्यक्ष गोल्छा बताउँछन् ।


प्रतिक्रिया दिनुहोस्