नाडा अध्यक्षमा करण चौधरीको उम्मेद्वारी घोषणा, को-को छन् टिममा ? « Arthapath.com
१५ मंसिर २०७८, बुधबार

नाडा अध्यक्षमा करण चौधरीको उम्मेद्वारी घोषणा, को-को छन् टिममा ?



काठमाडौं । ब्यापारी करण चौधरीले नाडा अटोमोबाइल्स एशोसिएसन अफ नेपालको आगामी निर्वाचनको अध्यक्ष पदमा उम्मेद्वारी घोषणा गरेका छन् । नाडा अटोमोबाइल्स एशोसिएसन अफ नेपालको आगामी निर्वाचनका लागि अध्यक्ष पदका प्रत्यासी उम्मेद्वार करण चौधरीले आफ्नो समूहका सदस्यहरु सार्वजनिक गर्दै प्यालन घोषणा गरेका हुन् ।

चौधरीको प्यानलमा अटोमाबाईल क्षेत्रमा लामो अनुभव बोकेका व्यवसायीदेखि नयाँ युवा पुस्ताका समेत समेटिएका छन् । सम्पूर्ण अटोक्षेत्र प्रतिनिधित्व गर्ने चार पाङग्रे, दुई पाङग्रे, ब्याट्री, लुब्रीकेन्ट, टायर, स्पेयर पार्टस्, हेभिइक्युपमेन्ट लगायत सवै क्षेत्रलाई समेटर टिम बनेको चौधकरीले दाबी गरेका छन् ।

प्यानलमा अनुपकुमार बराल, सुरेन्द्र कुमार उप्रेती (सुरेश), विक्रम सिंघानिया, राजनबाबु श्रेष्ठ, अभिक ज्योती, मिलनबाबु मल्ल, निलमणी पाठक (राम), पंकज अग्रवाल, राजेन्द्र अग्रवाल, वर्ण न्यौपाने, सुनिल रिजाल, वरदान बस्नेत, निशान ढकाल, प्रकाश कपुरी, देवराज भण्डारी, गोपाल भट्टराई र गंगाराज भट्टराई रहेका छन् ।

अध्यक्षका उम्मेद्वार करण चौधरीले प्यानल घोषणा गर्दै भने, ‘हाम्रो समुहमा अनुभव र जोशको उत्तम समिश्रण छ, त्यसैले अनुकलता र प्रतिकुलता दुवैमा अटोमोबाईल क्षेत्रलाई सन्तुलित तरिकाले विकास गर्दै अगि बढ्न हाम्रो टिम सक्षम छ ।’

अटोमोवाइल व्यवसायीहरुको संगठन नाडा एशोसियशन अफ नेपालको निर्वाचन आगामी २२ र २३ मंसिरमा हुँदै छ ।चौधरी २ महिनाअघिदेखी भोट माग्न व्यास्त छन् । सिजी होल्डिङ्सका कार्यकारी निर्देशक करण अहिले नाडाको उपाध्यक्ष छन् । चौधरी नेपालमा सुजुकी ब्राण्डका गाडि बेच्छन् । नेपाल ल्युब आयलको निर्देशकका रुपमा पनि उनी काम गरिरहेका छन् ।


प्रतिक्रिया दिनुहोस्