नेपालमै गाडी उत्पादन गर्नुहोस्, विद्युत् र जग्गा सरकारले दिन्छ : अर्थमन्त्री शर्मा « Arthapath.com
२२ मंसिर २०७८, बुधबार

नेपालमै गाडी उत्पादन गर्नुहोस्, विद्युत् र जग्गा सरकारले दिन्छ : अर्थमन्त्री शर्मा



काठमाडौं । अर्थमन्त्री जनार्दन शर्मा प्रभाकरले नेपालमै गाडी उत्पादन गर्न अटो व्यवसायीहरुलाई आग्रह गरेका छन् । नेपालमै गाडीको उद्योग खोल्नुहोस् सरकारले विद्युत् र जग्गा उपलब्ध गराउने अर्थमन्त्रीले प्रतिबद्धता जनाएका छन् । 

नेपालमै कारको एसेम्बलको लागी चाहिने बिजुलीमा सहुलियत र जग्गा उपलब्ध सरकार तयार रहेको मन्त्री शर्माले बताए । बुधवार नाडा अटोमोवाइल्स एशोसिएशनको ४५ औँ साधारण सभाको उद्घाटन गर्दै मन्त्री शर्माले सरकारले उद्योग चल्ने ग्यारेन्टीसमेत गर्ने बताए । अहिले नाडाले देशको कुल राजश्वमा २५ प्रतिशत योगदान रहेको छ । देशमै गाडीको उद्योग खोल्ने हो भने ५० प्रतिशत राजश्वमा योगदान थपिने मन्त्री शर्माले बताए । 

‘म अर्थशास्त्र जानेको मान्छे होइन, अर्थमन्त्री कसरी चलाउँछ भने ।’ तर ‘मलाई देशलाई समृद्ध र आत्मनिर्भर  कसरी बनाउने भन्नेचाँही थाहा छ, भन्दै मन्त्री शर्माले भने ।’ विद्युतीय गाडीका लागी चार्जिङ स्टेसनको समस्या छ । अव सबै फिउल स्टेसनमा विद्युतीय चार्जिङ स्टेसनको रुपमा परिमार्जन हुनुपर्छ । 

सभामा नेपाल उद्योग वाणिज्य महासङ्घका उपाध्यक्ष चन्द्र ढकालले महासङ्घ अन्तर्गत सबैभन्दा बढी राजश्वको हिस्सा बोकेको क्षेत्र नाडा भएको बताए । नाडाको ४५ औँ साधारण सभाले नयाँ नेतृत्व चयन गर्नेछ । अध्यक्षमा वर्तमान उपाध्यक्ष करण चौधरी र पूर्व उपाध्यक्ष ध्रुव थापाबिच प्रतिस्पर्धा हुने बताइएको छ । नेतृत्वको लागी बिहीबार बिहानदेखि निर्वाचन हुने कार्य तालिमा रहेको छ । 


प्रतिक्रिया दिनुहोस्