नेपाल सवारी साधन प्रदुषण मापदण्ड युरो ६ को चरणबद्ध लागु गर्न माग « Arthapath.com
९ माघ २०७८, आईतवार

नेपाल सवारी साधन प्रदुषण मापदण्ड युरो ६ को चरणबद्ध लागु गर्न माग



काठमाडौं । सरकारको सम्पुर्ण सवारी तथा यातायातका साधनहरुमा युरो ६ लागु गर्ने प्रस्तावलाई नाडा अटोमोवाईल्स एशोसिएशनले सकारात्मक रुपमा लिएको बताएको छ ।

यसको समग्र पूर्वाधार तयारीका लागि चरणवद्ध रुपमा लागु गर्दे जानु पर्ने नाडाको बुभाई छ । हाल देशमा उपयुक्त पूर्वाधारहरु लगायत दक्ष प्राविधिक जनशक्ती पनि तयार नभई सकेको भन्दै नाडाले चरणवद्ध रुपमा नै लागु गर्ने व्यवस्थाका लागि सरकारसंग माग गरेको छ ।

नेपाल आयल निगमले आगामी अप्रिल १ देखि युरो–६ स्ट्यान्डर्डको इन्धन आयात गर्ने भएको हो । इन्डियन आयल कर्पोरेसन (आइओसी) ले हाल निगमलाई परीक्षणको रुपमा युरो ६ को इन्धन उपलब्ध गराइरहेको छ । तर, सरकारले सवारी साधन भने युरो–३ स्ट्यान्डर्डकै आयात गर्न दिइरहेको छ । २०६९ मा सरकारले युरो ३ मापदण्ड कार्यान्यनमा ल्याएको थियो ।


प्रतिक्रिया दिनुहोस्