पेट्रोलियम पदार्थको मूल्य हालसम्मकै उच्च, पेट्रोल १६० रुपैयाँ पुग्दा निगमलाई १ महिनामा ९ अर्ब २७ करोड घाटा « Arthapath.com
२३ चैत्र २०७८, बुधबार

पेट्रोलियम पदार्थको मूल्य हालसम्मकै उच्च, पेट्रोल १६० रुपैयाँ पुग्दा निगमलाई १ महिनामा ९ अर्ब २७ करोड घाटा



काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । निगमले मंगलबार राति १२ बजेबाट लागू हुने गरी खाना पकाउने ग्यास, पेट्रोल, डिजेल र मट्टितेलको मूल्य बढाएको हो ।

भारतीय आयल कर्पोरेसनले मूल्य बढाएर पठाएको भन्दै नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलको भाउ प्रतिलिटर ५ रूपैयाँ र खाना पकाउने ग्यासमा प्रति सिलिन्डर २५ रुपैयाँ बढाएको छ ।

अब पेट्रोल प्रतिलिटर १६० रूपैयाँ, डिजेल तथा मट्टितेलको मूल्य प्रतिलिटर १४३ रुपैयाँ पुर्याईएको छ । त्यस्तै, हवाई इन्धन (आन्तरिक) मा ५ रुपैयाँ बृद्धि भइ प्रतिलिटर १५६ रुपैयाँ कायम भएको छ भने (अन्तर्राष्ट्रिय) अमेरिकी डलर ५० ले बृद्धि भई प्रतिकि.लि. अमेरिकी डलर १,५४५ कायम गरिएको छ ।

नेपाल आयल निगमलाई १५ दिनको अवधिमा पेट्रोलमा ७५ करोड ६४ हजार रुपैयाँ, डिजेलमा २ अर्ब ४३ करोड ३८ लाख रुपैयाँ, मट्टितेलमा ५१ लाख रुपैयाँ, हवाई इन्धन (आन्तरिकतर्फ) ४ करोड ७७ लाख रुपैयाँ, हवाई (बाह्यतर्फ) २७ करोड ६ लाख रुपैयाँ र एलपी ग्यासमा १ अर्ब ७७ करोड ९ लाख रुपैयाँ गरी कूल ४ अर्ब ६३ करोड ७७ लाख रुपैयाँ घाटा रहेको छ ।

मूल्य समायोजनपश्चात् एक महिनाको अनुमानित घाटा ९ अर्ब २७ करोड रुपैयाँ रहने निगमले जनाएको छ । यता आर्थिक बर्ष २०७८–७९ को हालसम्म निगमलाई ३३ अर्ब रुपैयाँ नोक्सानी भएको सहप्रवक्ता पुस्कर कार्कीले जानकारी दिए ।


प्रतिक्रिया दिनुहोस्