गैरसांसद गोबिन्द बन्दी बने कानुनमन्त्री « Arthapath.com
२४ चैत्र २०७८, बिहीबार

गैरसांसद गोबिन्द बन्दी बने कानुनमन्त्री



काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा गैरसांसद गोबिन्द बन्दी बने कानुनमन्त्रीमा नियुक्त गरेका छन् ।

देउवाको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले अधिवक्ता गोविन्द बन्दी (गोविन्दप्रसाद शर्मा कोइराला) कानुन, न्याय तथा संसदीय मामिलामन्त्री मन्त्री नियुक्त गरेकी हुन् ।

उनले दिउँसो २ बजे पद तथा गोपनीयताको शपथ लिने राष्ट्रपति कार्यालयले जनाएको छ ।

संविधानको धारा ७८ अनुसार प्रधानमन्त्रीको सिफारिसमा गैर सांसदलाई राष्ट्रपतिले मन्त्री नियुक्त गर्न सक्ने छन् ।

तर यसरी नियुक्त भएका मन्त्रीले सपथ लिएको ६ महिनाभित्र संघीय संसदको सदस्यता लिनुपर्छ । अन्यथा मन्त्री पद स्वत खारेज हुन्छ ।


प्रतिक्रिया दिनुहोस्