दिलेन्द्र प्रसाद बडू उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रीमा नियुक्त « Arthapath.com
२४ चैत्र २०७८, बिहीबार

दिलेन्द्र प्रसाद बडू उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रीमा नियुक्त



काठमाडौं । नेपाली कांग्रेसका नेता दिलेन्द्र प्रसाद बडू उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रीमा नियुक्त भएका छन् ।

प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिसमा बिहीबार मन्त्री बडूले उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको जिम्मेवारी पाएका हुन् ।

यसअघि बडुले कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयको जिम्मेवारी सम्हाल्दै आएका थिए ।

प्रधानमन्त्री शेरबहादुर देउवाले गैर सांसद रहेका कानुन व्यवसायी गोविन्द बन्दीलाई कानुन, न्याय तथा संसदीय मामिलामन्त्रीमा नियुक्त गरेका हुन् ।


प्रतिक्रिया दिनुहोस्