पूँजी बजारलाई प्रभावकारी र डिजिटल बैंकिङ प्रवर्द्धन गरिने « Arthapath.com
१० जेष्ठ २०७९, मंगलवार

पूँजी बजारलाई प्रभावकारी र डिजिटल बैंकिङ प्रवर्द्धन गरिने



काठमाडौं । आगामी आर्थिक बर्ष २०७८–७९ को नीति तथा कार्यक्रममा पूँजी बजारलाई प्रभावकारीदेखि डिजिटल बैंकिङ प्रवर्द्धन गर्नेसम्मको व्यवस्था गरिएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले मंगलबार प्रतिनिधिसभा र राष्ट्रियसभाको संयुक्त बैठकमा आगामी अर्थिक वर्ष २०७९–८० को नीति तथा कार्यक्रम प्रस्तुत गर्ने क्रममा उनले यस्तो बताएकी हुन् ।

उनले बजेट र मौद्रिक नीतिबाट आर्थिक स्थायित्व गरिने, मुद्रास्फितिलाई सीमा भित्र राखिने बताईन् । साथै उनले ठूला आयोजना बोहक साना आयोजना प्रदेश र स्थानीय तहबाट सञ्चालन गर्ने उनको भनाई छ ।

स्थानीय अर्थतन्त्रलाई राष्ट्रिय अर्थतन्त्रसँग जोड्ने र औद्योगिकरणका लागि लगानी प्रवद्र्धन व्यवसायिक वातावरण श्रृजना गरी रोजगारी प्रदान गरिने उनले बताईन् ।

साथै राष्ट्रपति भण्डारीले विप्रेषणलाई औपचारिक माध्यमबाट भित्र्याउन थप सहुलियत दिइने, सार्वजनिक खर्चलाई नतिजनामुखी बनाइने, नतिजामा आधारित आयोजना व्यवस्थापन गरिने, राजश्व परिचालन गर्न आवश्यक मापदण्ड बनाइने र डिजिटल बैंकिङको अवधारणा अन्तर्गत सबै काम डिजिटल बैंकिङ मार्फत् गर्ने व्यवस्था गरिने बताईन् ।

त्यस्तै, उनले उत्पादनशीलवस्तुमा कर्जा प्रवाह विस्तार गरिने, पुँजीबजारलाई प्रभावकारी बनाइने र बीमालाई उत्पादन र उत्पादकत्वसँग आवद्ध गरिने बताइन् ।


प्रतिक्रिया दिनुहोस्