गाडी भाडा फेरि ३ प्रतिशत बढ्यो, अब कुन रुटको कति ? « Arthapath.com
१० जेष्ठ २०७९, मंगलवार

गाडी भाडा फेरि ३ प्रतिशत बढ्यो, अब कुन रुटको कति ?



काठमाडौं । पेट्रोलियम पदार्थको मूल्यबढेपछि सार्वजनिक यातायातको भाडा पनि बढेको छ । एक हप्तामा २ पटक सरकारले अन्तर प्रदेश चल्ने लामो दूरीका सार्वजनिक सवारीको भाडा बढाएको हो ।

यातायात व्यवस्था विभागले मंगलबारदेखि लागू हुने गरी अन्तरप्रदेशमा चल्ने गाडीको भाडादर समायोजन गरेको हो । यसअघि गत जेठ ३ गते मात्रै भाडा वृद्धि गरेको थियो ।

नयाँ भाडादर समायोजन अनुसार अन्तरप्रदेशमा २.१ प्रतिशत, पहाडी बाटोमा गुड्ने मालबाहक तर्फ २.७ प्रतिशत र तराइको बाटोमा गुड्ने मालबाहक सवारीमा ३ प्रतिशत भाडा बढाएको हो ।


प्रतिक्रिया दिनुहोस्