बैंकहरुले सीएसआरको ५० प्रतिशत रकम सिमान्तकृत तथा दलित उत्थान कोषमा खर्चनुपर्ने « Arthapath.com
१५ जेष्ठ २०७९, आईतवार

बैंकहरुले सीएसआरको ५० प्रतिशत रकम सिमान्तकृत तथा दलित उत्थान कोषमा खर्चनुपर्ने



काठमाडौं । उत्पादनशिल र व्यावसायिक क्षेत्रमा प्रवाह हुने कर्जा ब्याजदरमा अन्तर कायम गर्ने निती लिइने भएको छ । विपन्न ब्यक्ति, दलित तथा पिछपडएको क्षेत्रका स्थायी वासिन्दाहरुले पिछडिएको क्षेत्रमा सञ्चालित व्यवसायमा प्रदान गरिने सहुलियत कर्जाको ब्याजदरमा थप १ प्रतिशत छुट दिइने भएको छ ।

लघु, साना तथा मझौला उद्यम कृषि सहकारी तथा फर्म र महिला उद्यमी तथा बैदेशिक रोजगारीबाट फर्र्किएका युवाहरुलाई प्रदान हुँदै आएको सहुलियतपूर्ण कर्जालाई निरन्तरता दिइएको छ । सहुलियतपूर्ण कर्जामा ब्याज अनुदान गर्न १३ अर्ब ५९ करोड रुपैयाँ छुट्याएको छ ।

साथै लघुवित्त र ऋण तथा सहकारी संस्थाहरुको नियम, निरिक्षण तथा सुपरिवेक्षण वयवस्थापन प्रभावकारी बनाइने भएको छ । सिमान्तकृत तथा दलित समुदायको वित्तीय पहुँच अभिवृद्धि गर्न सिमान्तकृत तथा दलित उत्थान कोष स्थापना गरिने छ । बैंकहरुले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमको लागि छुट्याएको रकमको न्यूनतम ५० प्रतिशत सो रकम सो कोषमा जम्मा गर्नुपर्ने छ । उक्त कोषबाट परिचालित रकम उत्पादन क्षेत्रमा मात्रै लगानी गर्नुपर्ने छ ।


प्रतिक्रिया दिनुहोस्