कर्मचारीको तलव १५ प्रतिसत बढ्यो, प्रथम स्तरको ३ हजार बढ्दा मुख्य सचिवको १० हजार ७१ रुपैया तलब बढ्यो « Arthapath.com
१५ जेष्ठ २०७९, आईतवार

कर्मचारीको तलव १५ प्रतिसत बढ्यो, प्रथम स्तरको ३ हजार बढ्दा मुख्य सचिवको १० हजार ७१ रुपैया तलब बढ्यो



काठमाडौं । सरकारले कर्मचारीको तलव बढाएको छ । बजेट मार्फत सरकारले कर्मचारीको तलवमा हाल खाँदै आएको तलमा १५ प्रतिसत बढ्ने भएको छ ।

सरकारले प्रथम स्तरको कर्मचारी देखी मुख्यसचिव सम्मको लतव समान हिसावले बढाएको छ । सरकारी सेवामा रहेका सबैभन्दा लल्लो लेवलका कर्मचारीको ३ हजार तलब बढ्ने भएको छ भने मुख्य सचिवको १० हजार ७१ रुपैयाँ बढ्ने भएको छ ।

अहिले प्रथम स्तरको कर्मचारीको तलव २४ हजार १० बाट बढेर २७ हजार ६ सय ११ रुपैयाँ पुग्ने भएको छ भने मुख्य सचिवले हाल हाँखै आएको ६७ हजार १ सय बाट बढेर ७७ हजार २ सय पुगेको छ ।


प्रतिक्रिया दिनुहोस्