दुर्घटनाग्रस्त अवस्थामा तारा एयरको जहाज भेटियो « Arthapath.com
१६ जेष्ठ २०७९, सोमबार

दुर्घटनाग्रस्त अवस्थामा तारा एयरको जहाज भेटियो



काठमाडौं । तारा एयर जहाज दुर्घटनाग्रस्त अवस्थामा भेटिएको छ । नेपाली सेनाका प्रवक्ता सहायक रथी नारायण सिलवालले तारा एयरको दुर्घटनाग्रस्त जहाज फेला परेकोले त्यसतर्फ सेनाहरू गएको बताएका छन् ।

मुस्ताङको थासाङ गाउँपालिका वडा नम्बर २ मा जहाज दुर्घटनाग्रस्त अवस्थामा फेला परेको उनले बताए । शनिश्चरे भन्ने स्थानमा जहाज दुर्घटनाग्रस्त भएको अवस्थामा फेला परेको उनले बताए । थप विवरण आउन बाँकी रहेको उनको भनाई छ ।

आइतबार बिहान ९ः५५ मा पोखराबाट उडेको जहाज १०ः१५ मा मुस्ताङको जोमसोम विमानस्थलमा अवतरण गर्नुपर्ने थियो । तर १०ः०७ बजेदेखि जहाज सम्पर्कविहीन भएको थियो । तारा एयरको ९ एन एइटी जहाज मुस्ताङको आकाशमा पुगिसकेपछि १० बजेर ७ मिनेटमा अन्तिम पटक जोमसोम विमानस्थलको टावरसँग सम्पर्कमा आएको थियो ।

जहाज क्याप्टेन प्रभाकर घिमिरेले उडाएका थिए । जहाजमा चालक दलका दुई जना अन्य सदस्य र १९ यात्रु थिए । जहाजमा २ जना जर्मन, ४ भारतीय र १३ नेपाली यात्रु थिए ।


प्रतिक्रिया दिनुहोस्