पेट्रोलियम पदार्थको लिटरमा १० रुपैयाँ घट्यो, अब कति पर्छ ? « Arthapath.com
१९ जेष्ठ २०७९, बिहीबार

पेट्रोलियम पदार्थको लिटरमा १० रुपैयाँ घट्यो, अब कति पर्छ ?



काठमाडौं । नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घटाएको छ । निगमले सबैमा प्रतिलिटर १० रुपैयाँ मूल्य घटाएको हो ।

घटेको मूल्य बिहीबार राति १२ बजेदेखि लागू हुने निगमले जनाएको छ । अब पेट्रोलको मूल्य प्रतिलिटर १७० रुपैयाँ, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर १५३ रुपैयाँ पर्नेछ ।

अर्थ मन्त्रालयले पूर्वाधार कर घटाएर मूल्य समायोजन गर्न लिखित निर्देशन दिएपछि पेट्रोलियम पदार्थको मूल्य घटाएको निगमले बताएको छ । अर्थमन्त्री जनार्दन शर्माले आगामी आर्थिक बर्ष २०७९–८० को बजेटमा सरकारले पेट्रोलमा लगाएको कर घटाउने घोषणा गरेका थिए । खाना पकाउने ग्याँस र हवाई इन्धनको मूल्य भने यथावत राखिएको छ ।


प्रतिक्रिया दिनुहोस्