रघुपति जुट मिल्सले मनायो हिरक जयन्ति « Arthapath.com
२२ जेष्ठ २०७९, आईतवार

रघुपति जुट मिल्सले मनायो हिरक जयन्ति



काठमाडौं । नेपाल कै ऐतिहासिक वि.सं. २००३ साल भाद्र–७ गते स्थापन भएको श्री रघुपति जुट मिल्स लि.ले आफ्नो स्थापनाको ७५ औं वर्षको उपलक्ष्यमा विभीन्न कार्यक्रमसहित हीरक जयन्ती (२०७८) मनाएको छ ।

सोही अवसरमा जेष्ठ २१ गते शनिवारका दिन नेपाल सरकार उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्रप्रसाद बडूले विराटनगर रानी स्थित मिल्स हातामा उद्योगको क्षमता वृद्धिको लागि थप गर्न लागिएको भवनको शिलान्यास गरे । त्यसैगरी उद्योग हातामा विभीन्न जातको विरुवा रोपी वृक्षारोपण गरेका थिए ।

यसैबीच एक समारोहवीच मन्त्री बडूबाट अर्गनाइजेसन अन्तर्गत हनुमान इण्डष्ट्रिज प्रा.लि.मा ५८ वर्ष अघिदेखिको सेवा र श्री रघुपति जुट मिल्स लि. मा सञ्चालक मोहनलाल राखेचा एवं ५१ वर्ष देखि निरन्तर मेट (जुट पहिचानकर्ता ) पदमा कार्यरत मो जफ्फर लाई दोसल्ला ओढाई सम्मान–पत्रद्वारा सम्मान गरेका थिए ।

उद्योगको निरिक्षण गर्नुका साथै समग्र उद्योगको विकास र हितका लागि सरकार प्रतिवद्ध रहेको मन्त्री बडूले बताउनुभयो । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सह–सचिव डा. नारायण रेग्मी, उप–सचिव दूर्गा भूसाल, नेपाल उद्योग वाणिज्य महासंघ १ नं. प्रदेशका अध्यक्ष टिकाराज ढकाल, उपाध्यक्ष एवं प्रदेश सरकार सल्लाहकार राजेन्द्र राउत, नेपाल जुट उद्योग संघका अध्यक्ष एवं श्री रघुपति जुट मिल्स लि. का. संचालक राजकुमार गोल्छाले मन्तब्य राखेका थिए ।

कार्यक्रममा नेपाल जुट उद्योग संघका उपाध्यक्ष रमेश राठी, श्री रुघुपति जुट मिल्सका संचालक अश्विनी गोल्छा, लगायतको उपस्थिति रहेको थियो ।


प्रतिक्रिया दिनुहोस्