नेकपा एसका यी मन्त्रीको जागिर गयो, बुझायो नयाँ मन्त्रीको नाम, आले र झाँक्रीको सट्टा को ? « Arthapath.com
२२ जेष्ठ २०७९, आईतवार

नेकपा एसका यी मन्त्रीको जागिर गयो, बुझायो नयाँ मन्त्रीको नाम, आले र झाँक्रीको सट्टा को ?



काठमाडौं । नेकपा एकीकृत समाजवादी (एस) ले मन्त्रीहरु हेरफेर गरेको छ । पार्टीको सचिवालय समितिको आइतबार बसेको बैठकले यसअघि सरकारमा रहेका ५ नेतालाई फिर्ता बोलाएर मन्त्री बनाउन ५ नेताको नाम प्रधानमन्त्री शेरबहादुर देउवालाई बुझाएको हो ।

एकीकृत समाजवादीका उपमहासचिव विजय पौडेलले आफूले सरकारमा सहभागी गराउन ५ नेताको नाम प्रधानमन्त्री देउवालाई बुझाएको जानकारी दिए ।

पार्टीले दिएको नयाँ मन्त्रीहरुको सूचीमा भवानी खापुङ स्वास्थ्य तथा जनसंख्या मन्त्री, जीवनराम श्रेष्ठ संस्कृति, पर्यटन तथा नागरिक उड्डयन, मेटमणि चौधरी सहरी विकास, शेरबहादुर कुँवर श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री रहेका छन् । यता हीरा केसीलाई स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्रीको नाममा सिफारिस गरेको हो ।

यसअघि स्वास्थ्यमा विरोध खतिवडा, पर्यटनमा प्रेमबहादुर आले, सहरी विकासमा रामकुमारी झाँक्री, श्रममा कृष्णकुमार श्रेष्ठ मन्त्री रहेका थिए भने स्वास्थ्य राज्यमन्त्रीमा भवानी खापुङ थिईन् ।


प्रतिक्रिया दिनुहोस्