भारतले लिएको शून्य भन्सार नीतिले नेपालका उद्योग संकटमा « Arthapath.com
२२ जेष्ठ २०७९, आईतवार

भारतले लिएको शून्य भन्सार नीतिले नेपालका उद्योग संकटमा



काठमाडौं । आर्थिक वर्ष २०७९–०८० मा वनस्पती ध्यु तेल उद्योगलाई धरासायी बनाएको भन्दै उद्योगीहरुले विरोध जनाएका छन् । नेपाल वनस्पती ध्यु तेल उत्पादक संघले आज एक पत्रकार सम्मेलन गरी बजेटको विरोध गरेका हुन् । नेपाल सरकारबाट प्रस्तुत गरीएको बजेटमा विरोधाभाषपुर्ण नीति अवलम्बन गरी यससँग सम्बन्धित उद्योगहरुलाई थप संकटोन्मुख अवस्थातर्फ धकेलिएको ठहर संघले गरेको छ ।

स्वदेशी उद्योगहरुलाई निम्नलिखित विषयमा गम्भिर एवं दिर्घकालीन असर पर्न जाने भएकोले स्वदेशी उद्योगहरुलाई राहत एवं संरक्षण प्रदान गर्न विभिन्न बुँदाहरु समावेश गर्न आग्रह गरेको छ ।

भारत सरकारले २०७९ जेठ १० गते उच्च महङ्गीको चापबाट उपभोक्ताहरुलाई राहत दिनका लागी खाने तेलको भन्सार महशुल शुन्य प्रतिशत गरेको छ ।


प्रतिक्रिया दिनुहोस्