गाडी भाडा फेरि ७.७ प्रतिशतसम्म बढ्यो, अब कुन रुटको कति ? « Arthapath.com
६ असार २०७९, सोमबार

गाडी भाडा फेरि ७.७ प्रतिशतसम्म बढ्यो, अब कुन रुटको कति ?



काठमाडौं । सरकारले पेट्रोलियम पदार्थको मूल्य बढाएपछि सार्वजनिक यातायातको भाडा बढेको छ । आइतबार राती १२ बजेदेखि लागू हुने गरी सरकारले पेट्रोलियम पदार्थको मूल्य बढाएको हो । सोही व्यवस्था बमोजिम सार्वजनिक सवारी साधन भाडा समेत बढेको हो ।

यातायात व्यवस्था विभागले सोमबार एक सूचना जारी गर्दै दुई वा सो भन्दा बढी प्रदेश भई (राष्ट्रियस्टरका रुटमा) सञ्चालन हुने सार्वजनिक यातायातको भाडा बढेको जनाएको हो । विभागले स्वचालित प्रणाली बमोजिम सोबारदेखि नै बढेको मूल्य लागु हुने जनाएको छ ।

विभागले यात्रुवाहक सवारीमा ५.३० प्रतिशत, पहाडी बाटोमा सञ्चालन हुने मालवहाक सवारीमा ६.९४ प्रतिशत र तराईको बाटोमा सञ्चालन हुने मालवाहक सवारीमा ७.७ प्रतिशतले भाडा बढाएको हो ।


प्रतिक्रिया दिनुहोस्