सरकारी निर्णय विरुद्ध वायु सेवा संचालक संघ, बुधबारदेखि आन्तरिक उडान ठप्प « Arthapath.com
७ असार २०७९, मंगलवार

सरकारी निर्णय विरुद्ध वायु सेवा संचालक संघ, बुधबारदेखि आन्तरिक उडान ठप्प



काठमाडौं । वायु सेवा संचालक संघ नेपालले आन्तरिक उडान बन्द गर्ने भएका छन् । उपत्यका वाहिर बेस भएका हवाई जहाज र हेलिपक्टरलाई काठमाडौंबाट उडान गर्न रोकेपछि वायु सेवा संचालक संघले आन्तरिक उडान ठप्प पारेका हुन् ।

मंगलबार संघले पत्रकार सम्मेलन गर्दे सरकारको उक्त निर्णय विरुद्ध बुधबारदेखि आन्तरिक उडान ठप्प पार्ने जानकारी दिएका हुन् । वायु सेवा संघले विभिन्न मागहरु राख्दै बुधबारदेखि सेवा बन्द गर्ने चेतवानी सरकारलाई दिएका हुन् ।

उक्त मागहरु सम्बोधन नभएसम्म वाध्यात्मक रुपमा संघसँग आवद्ध सम्पूर्ण हेलिकप्टर तथा हवाईसेवा कम्पनीहरुले प्रदान गर्दै आएका आपतकालिन उद्धार लगायत नियमित उडानहरु स्थगित गर्ने बताएको हो ।

संघले उक्त निर्णय लिन नचाहेको तर नेपाल नागरिक उड्डयन प्राधिकरणले आफूहरुलाई समस्यामा पार्दै संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय समेत उदासिन देखिएकाले सेवा बन्द गर्ने अवस्थामा पुगेको बताएको छ ।

सेवाग्राहीहरुलाई पर्न जाने असुविधाका लागि स्वयं मन्त्रालय तथा नेपाल नागरिक उड्डयन प्राधिकरण जवाफदेही रहेको संघले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्