पेट्रोलको मुल्य घटेपछि गाडी भाडा घट्यो, कुन ठाउँको कति पर्छ ? (सूचीसहित) « Arthapath.com
१२ असार २०७९, आईतवार

पेट्रोलको मुल्य घटेपछि गाडी भाडा घट्यो, कुन ठाउँको कति पर्छ ? (सूचीसहित)



काठमाडौं । सरकारले अन्तर प्रदेश चल्ने सार्वजनिक सवारीको भाडा घटाएको छ । पेट्रोलियम पदार्थको मूल्य घटेसँगै यातायात व्यवस्था विभागले अन्तर प्रदेश सार्वजनिक यातायातका यात्रुवाहक तथा मालवाहक सवारीको भाडादर घटाएको हो ।

नयाँ भाडादर अनुसार यात्रुबाहक सवारीको भाडा ५.४१ प्रतिशत , पहाडी बाटोमा चल्ने मालबाहक सवारीको ६.९७ प्रतिशत र तराईको बाटोमा चल्ने मालबाहक सवारीको भाडा ७.६८ प्रतिशतले घटेको छ ।

विभागका अनुसार डिजेलको बजार मूल्य प्रतिलिटर २९ रुपैयाँ घटेकाले सार्वजनिक सवारी साधनको भाडादरमा पनि कटौती गरिएको हो ।


प्रतिक्रिया दिनुहोस्