गभर्नर अधिकारीको शंकालु प्रश्न : सरकारी बैंकले मर्जरको आवश्यकता र फाइदा नबुझेको हो कि ? « Arthapath.com
१० माघ २०७९, मंगलवार

गभर्नर अधिकारीको शंकालु प्रश्न : सरकारी बैंकले मर्जरको आवश्यकता र फाइदा नबुझेको हो कि ?



काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी सरकारी बैंकहरु पनि एक आपसमा मर्जरमा जान सक्ने बताएका छन् ।

उनले राष्ट्रिय वाणिज्य बैंकको ५८औं वार्षिकोत्सवलाई सम्वोधनका क्रममा यस्तो बताएका हुन् । पछिल्लो समयमा निजी क्षेत्रका बैंकहरुको मर्जरको लहर चलिरहेको र आकार बढी रहेको भन्दै सकारी बैंकहरुले पनि आवश्यक परेमा मर्ज हुन सक्ने बताएका हुन् ।

उनले भने,–‘अहिले नीजि क्षेत्रका बैंकहरुमा मर्जरले गति लिएको छ । जसले बैंकहरुको आकार वृद्धि भएको अवस्था छ । आवश्यक परेमा तीनवटा सरकारी बैंक मिलेर मर्जको लागि एक आपसमा कुरा गर्न सक्नेछन् ।’

गभर्नर अधिकारीले सरकारी बैंकहरुले मर्जरको आवश्यकता र फाइदालाई नबुझेको हो कि भन्ने शंका रहेको बताए । उनले भने,–‘कहि कतै सरकारी बैंकहरु पनि यो आवश्यकता बुझ्नालई पछि त हुनुहुन्न ? भन्ने हामीलाई शंका लागि रहेको छ, यो आवश्यकतालाई महशुस गरेर नेपाल सरकारसंग, बोर्डसंग सरकारी बैंकबीच एक आपसमा छलफल गरेर वास्ताविक आवश्यकता हो भने त्यो विषयमा पनि बैंक संचालक व्यवस्थापक समूह अगाडि बढ्न उपयुक्त हुन्छ ।’

तर, मर्जरमा जानका लागि राष्ट्र बैंकले कुनै खालको बाध्यात्मक परिस्थिति सृजना नगर्ने उनको भनाई थियो । निजी क्षेत्रका बैंकहरु पनि चालु आवमै १२ औं बैंकहरु मर्जर तथा प्राप्तिमा गएको र मर्जरपछि प्रतिस्पर्धात्मक रुपमा व्यवसाय वृद्धि सेवा प्रवाह गरिरहेको उनको भनाई थियो ।

राष्ट्र बैंकको कुनै बाध्यात्मक परिस्थिति सृजना नभएको र निजी बैंकहरु आफैले व्यवसायिक आवश्यकता बुझेर नै मर्जरको प्रक्रिया धमाधम अघि बढाएको उनको भनाई थियो ।

सोही अवसरिमा गभर्नर अधिकारीले राष्ट्र बैंकले लिने नीति समग्र अर्थतन्त्रको विकासको लागि हुने गरेको बताए । उनले राष्ट्र बैंकले ल्याउने नीति अग्रणी रुपमा राष्ट्रिय वाणिज्य बैंकले कार्यन्वयन गर्ने गरेको जानकारी समेत गराए ।


प्रतिक्रिया दिनुहोस्