राष्ट्रिय योजना आयोगको सदस्यमा ज्ञवाली, शाक्य र शाही नियुक्त

काठमाडौं । राष्ट्रिय योजना आयोगको सदस्यमा तीन जना नियुक्ति भएका छन् । सोमबार बसेको मन्त्रिपरिषदको बैठकले सुशील ज्ञवाली, अन्जान शाक्य र कुशेन्द्र शाहीलाई आयोगको सदस्यमा नियुक्त गरेको हो ।
नियुक्त हुनेमा ज्ञवाली राष्ट्रिय पुनर्निर्माण प्राधिकरणमा पूर्व प्रमुख कार्यकारी अधिकृत (सीईओ) हुन् भने शाक्य पूर्व राजदूत हुन् ।