पत्रकारको निशुल्क स्वास्थ्य उपचारको व्यवस्था कार्यान्वयन हुन्छ : अर्थमन्त्री पौडेल « Arthapath.com
२२ माघ २०७९, आईतवार

पत्रकारको निशुल्क स्वास्थ्य उपचारको व्यवस्था कार्यान्वयन हुन्छ : अर्थमन्त्री पौडेल



काठमाडौं । नेपाल सरकारका उपप्रधान तथा अर्थमन्त्री विष्णु प्रसाद पौडेलले पत्रकारहरुको सरकारी अस्पतालमा निःशुल्क स्वास्थ्य उपचार कार्यान्वयन अघि बढाउने बताएका छन् ।

अर्थमन्त्रीले पौडेलले प्रेस चौतारी नेपालको २५ औँ वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रमलाई सम्वोधनका क्रममा यस्तो बताएका हुन् । सो अवसरमा मन्त्री पौडेलले श्रमजिवी पत्रकारको पक्षमा विगतको एमाले नेतृत्वको सरकारले दुर्घट्ना बीमाको प्रवन्ध गरेको जानकारी गराए ।

उनले भने,– ‘पत्रकार दुर्घट्ना बीमाको ५० प्रतिशत प्रिमियम सरकारले व्यहोर्ने निर्णय एमाले नेतृत्वको सरकारले गरेको हो । अहिले पत्रकारको सरकारी अस्पतालमा निशुल्क स्वास्थ्य कार्यन्वयन अघि बढेको छ ।’

अनलाईन संचारमाध्यमले लोककल्यणकारी विज्ञापन यस अघि आफू नै अर्थमन्त्री हुँदा बजेट समेटिएको जानकारी गराए । उनले भने,–‘ अनलाईन संचारमाध्यमले लोककल्यणकारी विज्ञापन यस अघिनै मै अर्थमन्त्री भएको बेला बजेटमा समेटिएको । कार्यन्वयन हुन आगामी जेठ १५ को बजेट निर्माणको समयसम्म कुर्नुपर्छ ।’


प्रतिक्रिया दिनुहोस्