‘कानुन विपरित कुनै पनि काम गरेको प्रमाण ल्याउनुहोस्, टुडिखेलमा झुण्डिन तयार छु’ : अध्यक्ष हमाल « Arthapath.com
२३ माघ २०७९, सोमबार

‘कानुन विपरित कुनै पनि काम गरेको प्रमाण ल्याउनुहोस्, टुडिखेलमा झुण्डिन तयार छु’ : अध्यक्ष हमाल



काठमाडौं । नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेश कुमार हमालले आफूलाई लगाइएका आरोपको निराधार भएको बताएका छन् ।

सोमबार बोर्डको कार्य सम्पादन, निष्कासन अनुमति प्रक्रिया र विद्यमान अवस्था सम्वन्धी छलफल तथा अन्तरक्रिया कार्यक्रममा अध्यक्ष हमालले यस्तो बताएका हुन ।

आधारहिन र तथ्यहिन समाचार प्रकाशित आफ्नो चरित्र हत्या गर्ने काम भईरहेको भन्दै अध्यक्ष हमालले कुनै पनि वित्तीय त्रुटि नगरेको जानकारी गराए ।

उनले भने,–‘म अहिले ५५ वर्षको भए, म चुनौतिका साथ भन्छु, मैले हालसम्म गरेका कामहरु हेुर्नहोस्, मैले नेपाल विद्युत प्राधिकरणमा ८ वर्ष काम गरेको छु, विश्वका १२ वटा मुलुकरुमा काम गरेको छु, सरकारी तथा प्राइभेट दुवैको अनुभव पनि छ । त्यो अवधिमा र आजसम्म पनि कुनै ऐन विपरित काम गरेको छैन । त्यो प्रमाण ल्याउनुहुन्छ भने टुडिखेलमा झुण्डिन तयार छु ।’

उनले थपे-‘चरित्र हत्या गर्ने नाममा कुनै व्यक्तिको आधारहिन आरोप लगाएर हुन्छ, कानुनी राज्य हो, कानुनले न्याय गर्छ अरुले गर्ने होइन ।’


प्रतिक्रिया दिनुहोस्