२ खर्ब ४४ अर्बले घट्यो बजेटको आकार (पूर्णपाठसहित) « Arthapath.com
२९ माघ २०७९, आईतवार

२ खर्ब ४४ अर्बले घट्यो बजेटको आकार (पूर्णपाठसहित)



काठमाडौं । सरकारले चालु आर्थिक वर्षको बजेटको आकार घटाएको छ । गत जेठ १५ गते तत्कालीन अर्थमन्त्री जनार्दन शर्माले १७ खर्ब ९३ अर्ब ८३ करोड रुपैयाँको बजेट पेश गरेका थिए ।

बजेटको अर्धवार्षिक समीक्षा प्रतिवेदन संसदमा प्रस्तुत गर्दै अर्थमन्त्री विष्णु पौडेलले १५ खर्ब ४९ अर्ब ९९ करोडमा सिमित गरेका हुन् । अर्थमन्त्री विष्णु पौडेलले २ खर्ब ४४ अर्ब अर्थात् १४ प्रतिशतले बजेट घटेको हो ।

अर्थमन्त्री पौडेलले राजस्व संकलनको लक्ष्य पनि घटाएका छन् । गत जेठ १५ मा १४ खर्ब ३ अर्ब १४ करोड रुपैयाँ संकलनको लक्ष्य राखिएको थियो । तर घटाएर १२ खर्ब ४४ अर्ब ७५ करोड संकलन हुने अनुमान गरिएको उपप्रधानमन्त्री पौडेलले जानकारी दिए ।


प्रतिक्रिया दिनुहोस्