मन्त्री भण्डारीले भने,-‘सुनचाँदी कारोबार सम्वन्धी एकिकृत निर्देशिका छिट्टै हुन्छ’ « Arthapath.com
११ फाल्गुन २०७९, बिहीबार

मन्त्री भण्डारीले भने,-‘सुनचाँदी कारोबार सम्वन्धी एकिकृत निर्देशिका छिट्टै हुन्छ’



काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले सुनचाँदी कारोबार सम्वन्धी एकिकृत निर्देशिका छिट्टै जारी हुने बताए ।

देशभरका सुनचाँदी पेशा ब्यवसाय सँग सम्वन्धित दुईवटै महासंघको आग्रह अनुरुप आवश्यक अध्ययनगरी नीति जारी गर्ने प्रतिवद्धता जनाएका छन् ।

नेपाल सुनचाँदी ब्यवसायी महासंघ र नेपाल सुनचाँदी रत्न तथा आभुषण महासंघका प्रतिनिधिमण्डलले भेटगरी व्यवसायीले भोग्नुपरेका समस्या अवगत गराएका थिए ।

उनीहरुले व्यवसायीहरुको मागलाई राज्यले सम्वोधन नगरे ब्यवसाय नै बन्द गरेर सडकमा उत्रनुपर्ने बाध्यता आउन सक्ने समेत बताएका थिए । लामो समयदेखि आग्रह गर्दा पनि सरकारी निकायवाट यसको सुनुवाई नभएको भन्दै उनीहरुलले यसप्रति असन्तुष्टि समेत जनाए ।

नेपाल सुनचाँदी ब्यवसायी महासंघका अध्यक्ष माणिकरत्न शाक्यले सुनचाँदीको कारोबार सम्वन्धी प्रष्ट नीति निर्देशिका नहुँदा ब्यवसाय सञ्चालनमा कठीनाई भएको बताए । निर्देशिकाकै अभावमा पर्याप्त कच्चा पदार्थको अभाव हुने, कारोबार सञ्चालनका क्रममा विभिन्न किसिमका ब्यवसायीक झन्झट र ब्यवधान उत्पन्न हुने जस्ता समस्या आएको बताए ।

यता, नेपाल सुनचाँदी रत्न तथा आभुषण महासंघका अध्यक्ष सुरेश मान श्रेष्ठ र नेपाल हस्तकला महासंघका अध्यक्ष प्रचण्ड शाक्यले पनि आआफ्नो तर्फवाट ब्यवसायिका समस्या जानकारी गराएका थिए ।


प्रतिक्रिया दिनुहोस्