केएल दुगड समुहका प्रबन्ध निर्देशक कुमुद दुगडलाई प्रबल जनसेवाश्रीबाट सम्मानित « Arthapath.com
३ बैशाख २०८०, आईतवार

केएल दुगड समुहका प्रबन्ध निर्देशक कुमुद दुगडलाई प्रबल जनसेवाश्रीबाट सम्मानित



काठमाडौं । केएल दुगड समुहका प्रबन्ध निर्देशक कुमुद दुगड प्रबल जनसेवाश्री बाट सम्मानित भएका छन्। राष्ट्रपति रामचन्द्र पौडेलले दुगडलाई ‘प्रबल जनसेवाश्री’ मानपदवीबाट विभूषित गरेका हुन।

मुलुकको समग्र औद्योगिक तथा सामाजिक क्षेत्रमा पुर्याएको योगदानको कदर स्वरूप उध्योगी तथा समाजसेवी कुमुद दुगडलाई सो मानपदवी प्रदान गरिएको हो । उक्त सम्मान कार्यक्रम यही बैशाख १ गते राष्ट्रपति निवास शितल निवासमा गरेका थिए ।

निज दुगडको अग्रसरतामा कृषिलाई व्यवसायिकरण र औद्योगिकरण गर्ने तर्फ कृषकहरुलाई अभिप्रेरित गरी कृषिजन्य उद्योग व्यवसायमा विशिष्ट योगदान पु¥याउँदै आएका छन् ।

साथै, उपभोक्ताहरुको स्वास्थ्य सुरक्षाको हक हित र अधिकारको संरक्षणमा महत्वपूर्ण योगदान पु¥याउँदै स्थानीय कच्चा पदार्थमा आधारित उद्योग तथा कृषिजन्य उद्योग व्यवसायको विकास गर्दै आएका छन् ।


प्रतिक्रिया दिनुहोस्