विद्युत व्यापारमा निजी क्षेत्रलाई सहभागि बनाउने, निर्यातका लागि प्रसारण लाइन र पूर्वाधारको विकास गर्ने « Arthapath.com
५ जेष्ठ २०८०, शुक्रबार

विद्युत व्यापारमा निजी क्षेत्रलाई सहभागि बनाउने, निर्यातका लागि प्रसारण लाइन र पूर्वाधारको विकास गर्ने



काठमाडौं । सरकारले विद्युत निर्यात बढाउन अन्तरदेशीय विद्युत प्रसारण लाइन र अन्य पूर्वाधारको विकास गर्ने घोषणा गरेको छ।

सरकारको आगामी आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले यस्तो जानकारी गराएका हुन् ।

सरकारले विद्युत व्यापारमा निजी क्षेत्रलाई सहभागि गराउने भएको हो । यसका साथै उर्जा नीतिलाई समसायिक बनाउने सरकारको योजना छ ।

आगामी दुईभित्र सबै नेपालीमा विद्युतीय पहुँच पुर्याउने भएको छ । सरकारले सबैको घरघरमा दुईभित्र विद्युत पुर्याउने घोषणा गरेको छ । यसका साथै विपन्न परिवारलाई निशुल्क विद्युतीय मिटर उपलब्ध गराउने भएको छ।


प्रतिक्रिया दिनुहोस्